काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुदै छन् । सुपर आठको पहिलो खेलमा आज दक्षिण अफ्रिका र अमेरिका खेल्दै छन् ।
एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
यस विश्वकपको समुह चरणमा दक्षिण अफ्रिकाले समुह डी का चारै खेलमा जित हासिल गरेर ८ अंक सहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । दक्षिण अफ्रिका समुह चरणमा भाग्यको साथमा निकै प्रतिष्पर्धात्मक खेलमा जित हासिल गर्दै अगाडी बढेको छ । नेपालसँग एक रनको तथा बंगलादेशसँग ४ रनको जित हासिल गरेको दक्षिण अफ्रीकालाई यस विश्वकपमा भाग्यको साथ रहेको छ ।
त्यस्तै अमेरिका भने यस विश्वकपको 'सरप्राइज' टिम बनेर अगाडी आएको छ । अमेरिकाले समुह चरणमा पाकिस्तानलाई पराजित गरेर अगाडी बढेको छ । त्यस्तै अमेरिकाले भारतसँगको खेल हारे पनि ल्याण्डलाई पराजित गरेको थियो भने आयरल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएको थियो ।
टी-२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिका र अमेरिका अहिलेसम्म खेलेका छैन । पहिलो पटकखेलिरहेका दुवैका लागि सेमिफाइनलको यात्राका लागि यो खेल महत्वपूर्ण रहेको छ ।
सुपर आठको समुह २ मा रहेका दुवै देशले वेस्ट इन्डिज र इङल्याण्डसँग एक एक खेल खेल्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै