एजेन्सी । पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।
समूह ए अन्तरगत अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल वर्षाका कारण रद्ध भएसँगै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको हो ।
टस समेत हुन नसकि रद्द हुँदा दुवै टिमले एक–एक अंक बाँडे । यससँगै तालिकामा थप एक अंक जोडेसँगै अमेरिका विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।
जारी विश्वकप अन्तर्गत समूह ए मा रहेको भारतले तीन खेलमा छ अंक जोडेर सुपर आठमा यसअघि नै पुगिसकेको छ । चार खेल खेलेको अमेरिका पाँच अंकसहित दोस्रो स्थानमा रहेर सुपर आठमा प्रवेश गर्दा तीन खेल खेलेको पाकिस्तान दुई अंकसहित तेस्रो स्थानमा रहँदै एक खेल अगावै बाहिरिएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असार २०८१, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै