कास्की । सुनजस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी नगद ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् । उनीहरूले पोखरा महानगरपालिका-८ सृजनाचोकमा प्लाष्टिक पसल संचालन गरी बस्ने ५२ वर्षीय पुरूषलाई सुनजस्तो धातु देखाई प्रलोभनमा पारी उक्त रकम लिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र धातुसहित सोही महानगरपालिका-१७ बरको बोटबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठमेलबाट नौ विदेशी नागरिक पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ