काठमाडौँ । अनैतिक गतिविधिमा संलग्न आरोपमा प्रहरीले कैलालीबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना महिला र एक जना पुरुष छन् ।
धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा रहेको बुढीनन्द होटल र धनगढी गाउँमा रहेको सञ्जीव होटलमा चेकजाँच गरेर उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमा ४५ वर्षीया, २२ वर्षीया, ३२ वर्षीया महिला तथा २३ वर्षीय पुरुष छन् । उनीहरुविरुद्ध प्रहरीले सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ