काठमाडौं । बर्दिया र ओखलढुंगाबाट जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-१ बिजपुर ममतापुरिया टोल बस्ने ४० वर्षीय राकेश कुमार बन्जारा पक्राउ परेका छन् ।
बन्जाराले ती महिलालाई सोमबार राति पीडितकै कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरापुर(क)बाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
यसैगरी ओखलढुंगामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ बस्ने १९ वर्षीय सुजन लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ती किशोरीलाई ओखलढुंगा मोलुङ गाउँपालिका-८ बर्खे भन्ने स्थानको जंगलमा मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ