काठमाडौँ । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बरालले बिहान ९ बजे लाइनमा बसेको एउटा बिरामी वा उसको आफन्तले साँझ ५ बजेसम्म लाइनमै बस्नुपर्ने प्रणालीको अन्त्य गर्न आग्रह गरेकी हुन् ।
सांसद बरालले ठुला सरकारी अस्पतालमा काउन्टर थपेर भने पनि स्वास्थ्य उपचार सेवा सहज बनाउन सुझाव दिइन् । उनले टिकट काट्न लाइन,रिपोर्ट लिन लाइन अिन डाक्टरलाई रिपोर्ट देखाउन पनि लाइन बस्नुपर्ने प्रणालीलाई सहज बनाउन आग्रह गरेकी हुन् ।
स्वास्थ्य बीमा गर्ने नागरिकलाई दोस्रो दर्जाको व्यवहार भइरहेको भन्दै उनले संवेदनशील क्षेत्रको सेवा सहज बनाउन सरकारले तत्कालीन ठोस कदम चाल्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग