काठमाडौँ । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बरालले बिहान ९ बजे लाइनमा बसेको एउटा बिरामी वा उसको आफन्तले साँझ ५ बजेसम्म लाइनमै बस्नुपर्ने प्रणालीको अन्त्य गर्न आग्रह गरेकी हुन् ।
सांसद बरालले ठुला सरकारी अस्पतालमा काउन्टर थपेर भने पनि स्वास्थ्य उपचार सेवा सहज बनाउन सुझाव दिइन् । उनले टिकट काट्न लाइन,रिपोर्ट लिन लाइन अिन डाक्टरलाई रिपोर्ट देखाउन पनि लाइन बस्नुपर्ने प्रणालीलाई सहज बनाउन आग्रह गरेकी हुन् ।
स्वास्थ्य बीमा गर्ने नागरिकलाई दोस्रो दर्जाको व्यवहार भइरहेको भन्दै उनले संवेदनशील क्षेत्रको सेवा सहज बनाउन सरकारले तत्कालीन ठोस कदम चाल्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प