काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए ।
यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभर ८ विकेट गुमाउदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए ।
यो जितपछि समुह ए बाट भारत ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ । त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ ।
अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु