काठमाडौँ । भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । गएराती सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अमेरिकाले दिएको १११ रनको लक्ष्य पछाएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए ।
यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभर ८ विकेट गुमाउदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए ।
यो जितपछि समुह ए बाट भारत ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ । त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ ।
अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?