बैतडी । बैतडीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाटन नगरपालिका-४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरी छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रतापसिंहलाई ६० वर्षीया पन्ती सुना ऐरीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।
घरायसी विवादमा उनले निर्धात कुटपिटबाट गम्भीर घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पत्नीसँगै प्रतापसिंहले बुहारी २२ वर्षीया भावना ऐरीलाईसमेत कुटपिट गरेका प्रहरीले जनाएको छ। भावना पनि घाइते छिन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ