बैतडी । बैतडीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाटन नगरपालिका-४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरी छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रतापसिंहलाई ६० वर्षीया पन्ती सुना ऐरीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।
घरायसी विवादमा उनले निर्धात कुटपिटबाट गम्भीर घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पत्नीसँगै प्रतापसिंहले बुहारी २२ वर्षीया भावना ऐरीलाईसमेत कुटपिट गरेका प्रहरीले जनाएको छ। भावना पनि घाइते छिन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ