काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको हो ।
मंगलबार ३३.१५ अंकले बढेको नेप्से बुधबार ६.३७ अंक (०.३०) प्रतिशतले वृद्धि भएर २१२१.६२ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ४९ करोड बराबर कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघ्दा बुधबार करिब ६ अर्बको कारोबार भएको छ ।
बुधबार ७४ हजार ८ सय ५४ वटा कारोबारमा १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ८९ करोड ४१ लाखको कारोबार भएको छ । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २७ करोड ६४ लाखको कारोबार भएको छ ।
त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य २४ करोड ४८ लाख, ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको १९ करोड ९५ लाख, माउन्टेन इनर्जीको १४ करोड ३१ लाख र सोनापुर मिनिरल्स एन्ड आयल कम्पनीको १४ करोड ३ लाखको कारोबार भएको छ ।
बुधबार बजारमा फाइनान्स कम्पनीसँगै बैंकिङ र लघुवित्तले उपसूचकले साथ दिएको छ । हाड्रोपावर, निर्जीवन बीमा, व्यापार र होटल तथा पर्यटन उपसूचकमा भने करेन्सन देखिएको छ । हाइड्रोपावर उपसूचक लगातार ४ कारोबार दिन बढेर बुधबार करेक्सन देखिएको हो । ‘ट्रेडर’ हाबी भई लकइन नखुलेको कम सेयर सप्लाई भएको हाइड्रोपावर कम्पनीको सेयमूल्य कर्नरिङ गरेर बढाइरहेकोमा बुधबार भने हाइड्रोपावर उपसूचकमा करेक्सन देखिएको हो ।
यस्तै लघुवित्तमा पनि कम चुक्ता पूँजी भएर सेयर सप्लाई कम भएको कम्पनीको सेयर मूल्यमा ‘ट्रेडर’ हाबी भएको देखिन्छ ।वित्त कम्पनी उपसूचक सर्वाधिक १.०७ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.८३ प्रतिशत र लघुवित्त उपसूचक ०.८८ प्रतिशतले बढेको छ ।
हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६१ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.४८ प्रतिशत, व्यापार उपसूचक ०.३६ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.१८ प्रतिशतले गिरावट भएको हो ।
बुधबार बजारमा कुल २४७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
बुधबार कारोबार भएका कम्पनीमा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशत तथा साधना लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै गणपति लघुवित्तको सेयरमूल्य ८.६४ प्रतिशतले बढेको छ ।
सयपत्री हाइड्रोपावरको सेयरमूल्य ४.४८ प्रतिशतले वृद्धि गिरावट हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ४.४६ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ४.३८ प्रतिशत, पोखर फाइनान्सको सेयरमूल्य ४.१९ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ३.९६ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार
२.०७ अंकले बढ्यो सेयर बजार