काठमाडौँ । प्रहरीले काठमाडौँ, मोरङ, सुनसरी र कञ्चनपुरबाट लागु औषधसहित ६ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट खैरोसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका–९ बस्ने २४ वर्षीय युवराज थापा र २६ वर्षीय प्रकाश थापा छन् । उनीहरुको साथबाट २ ग्रामसहित खैरो हेरोइन बरामद गरिएको छ ।
मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । सो महानगरपालिका–३ बस्ने ३० वर्षीय सुनिल गडेरीको साथबाट प्रहरीले ३८ ग्राम ८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार घर भएका ४२ वर्षीय सन्तोष यादवसहित दुई जना छन् । उनीहरूको साथबाट ४५ ग्राम २ मिलिग्रामसहित खैरो हेरोइन बरामद गरिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीबाट प्रहरीले चरेशसहित एक जनालाई पक्राउ गरेको छ । ४१ वर्षीय गणेश पाण्डेलाई ११ ग्राम ८७ मिलिग्राम चरेश र डिजिटल तराजुसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ