काठमाडौं । नेकपा एमाले काठमाडौँको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्।
अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलालाई पराजित गर्दै निरौला दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन्। निरौलाले तीन सय ७० मत प्राप्त गर्दा देउलाले एक सय ९१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित हुँदा महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएकी छन्।
जेठ २६ गतेदेखि सुरु भएको एमाले काठमाडौँको महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता