काठमाडौं । नेकपा एमाले काठमाडौँको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका छन्।
अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलालाई पराजित गर्दै निरौला दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन्। निरौलाले तीन सय ७० मत प्राप्त गर्दा देउलाले एक सय ९१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव (खुला) मा उद्धव भण्डारी निर्वाचित हुँदा महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित भएकी छन्।
जेठ २६ गतेदेखि सुरु भएको एमाले काठमाडौँको महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग