रौतहट । ठुलो परिमाणमा लागुऔषध सहित बाराका दुई युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ।
भारत बिहार मोतीहारी जिल्ला एसएसबी क्याम्प जमुनियाका गस्ती टोलीले पिठवा गाउँ छेउ ३५७ नम्बर पिल्लर नजिकै बाट सोमबार लागुऔषध सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका ८ ककोर्वाका २५ वर्षीय ईरफान खान र सोही नगरपालिका बाँसवरिया गाउँका राजु यादव रहेको प्रहरीले जनाएको छ। भारत घोडासहन बजारबाट भारु ४८ हजार रुपैयाको विभिन्न किसिमका लागुऔषध इन्जेक्सन, ट्याब्लेट र सिरप मोटरसाइकलमा राखेर ककोर्वा गाउँ तर्फ जाने क्रममा ईरफान लाई एसएसबीको टोलीले पक्राउ गरेको थियो।
घोडासाहन बजार बाट लगेर सिम्रौनगढ नगरपालिका बाँसवरीया गाउँमा राजु यादव र उनको भाइ कञ्चन यादवको घरमा स्टक गरेर कलैया, निजगढ, हेटौँडादेखि काठमाडाैँसम्म पुर्याउने गरेको पाइएको प्रहरीको भनाइ छ ।
ईरफान लाई बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ। लागुऔषध कारोवारी दुवैजना आरोपी जिल्ला प्रहरी कार्यालय मोतीहारीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ जेठ २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ