काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । बजारमा कारोबार रकमले राम्रो साथ दिँदा नेप्से परिसूचक ८.९० अंक (०.४२ प्रतिशत) ले बढेर २०८२.०२ को बिन्दुमा पुगेको छ ।
बजारमा देखिएको बिक्री चापलाई खरिदकर्ता हाबी भएर सेयर खरिद गर्दा कारोबार रकम साढे ५ अर्ब पुगेको छ । नेप्सेमा सूचीकृत भएर संस्थापकको लकइन नखुलेको र कम पूँजी भएका कम्पनीहरूको सेय मूल्यमा उचाल्न ‘स्पेकुलेटिभ प्रवृति’ बजारमा हाबी भएको छ ।
जसले गर्दा सेयर सप्लाई कम भएका कम्पनीको सेयर मूल्य पछिल्लो केही समय यता उच्च रुपमा बढेको छ । सोमबार नेप्सेमा ७१ हजार ९४८ वटा कारोबारमा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाखको सेयर कारोबार भएको छ ।
सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ४१ करोड ८८ लाखको कारोबार हुँदा माउन्टन इनर्जी लिमिटेडको २४ करोड ४८ लाख र जानकी फाइनान्सको १६ करोड ७७ लाखको कारोबार भएको छ ।
सोमबार नेप्सेका उपसूचकमध्ये बैंकिङ, व्यापार, होटल तथा पर्यटन,जीवन बीमा, अन्य र म्युचुअल फन्ड उपसूचकमा गिरावट भएको छ । म्युचुअल फन्ड उपसूचकमा सर्वाधिक ३.७४ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक २.०४ प्रतिशत, होटल तथा पर्यटन उपसूचक ०.९३ प्रतिशत, जीवन बीमा उपसूचक ०.२४ प्रतिशत र बैंकिङ उपसूचक ०.०२ प्रतिशतले गिरावट भएको हो ।
कम पूँजी भएका र सेयर सप्लाई कम भएको धेरै कम्पनी रहेको हाइड्रोपावर उपसूचक नै सोमबार सर्वाधिक २ प्रतिशतले बढेको हो । यस्तै वित्त कम्पनीको उपसूचक १.२१ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२८ प्रतिशतले बढेको छ ।
नयाँ सूचीकरण भएर संस्थापक सेयरको लकइन नखुलेका कुथेली बुखारी साना जलविद्युत् आयोजना र त्रिशूली जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।
त्यस्तै पिपुल्स पावर कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूाल्यमा बन्द हुँदा मोलुङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य९.४९ प्रतिशत र सुपर माइ हाइड्रोपावरको सेयरमूल्य ८.९९ प्रतिशतले बढेको छ ।
यता जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक ८.५७ प्रतिशतले वृद्धि हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२९ प्रतिशत र भगवती हाइड्रोपावरको सेयरमूल्य ४.८३ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ जेठ २०८१, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार
२.०७ अंकले बढ्यो सेयर बजार