काठमाडौँ । आइतबार सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो ।
०.२२ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०७३ विन्दुमा आएर रोकिएको छ । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ ।
आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसले आइतबार नेप्सेमा देखिएको ‘सेल प्रेसर’ झल्काउँछ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।
इस्टर्न हाइड्रोपावर, शुभव पावर, सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसपछि भगवती हाइड्रोपावर डेभलपमेन्ट र सामलिङ पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
यसक्रममा ५ वटा समूहको सूचक बढेको छ । होटल र टुरिजम, हाइड्रोपावर, लगानी, उत्पादनमूलक र अन्य समूहको सूचक बढेको हो । यसबाहेक सबैजसो समूहमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ जेठ २०८१, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार