जनकपुर । मधेश प्रदेशको गृहमन्त्री पहिलोपटक मुस्लिम महिला बनेकी छिन् ।
शुक्रबार मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गर्दा मुस्लिम समुदायकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । मधेशमा मुस्लिम समुदायबाट गृहमन्त्री बन्ने अन्सारी पहिलो महिला हुन् ।
मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् विस्तार गर्दा नेपाल संघीय समाजवादी पार्टीले संसदीय दलका नेता अन्सारीलाई सरकारमा पठाएको थियो । यसअघि तत्कालीन मधेशी जनअधिकार फोरमले वीरगन्जकी करिमा बेगमलाई केन्द्रमा राज्यमन्त्री बनाएको थियो । तर, अन्सारी मुस्लिम महिलाबाट पहिलोपटक क्याबिनेट मन्त्री बन्न सफल भइन् ।
अन्सारी नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारीकी पत्नी हुन् । गृह मन्त्रालयको जिम्मेवारीलाई आफूले चुनौतीका रूपमा लिएको मन्त्री अन्सारीले बताइन् ।
‘राजनीतिमा मुस्लिम सामुदायको उपस्थित न्यून छ, त्यसमा पनि मुस्लिम महिलाको अवस्था झन् नगन्य नै छ,’ उनले भनिन् । आफू मन्त्री भएपछि राजनीतिप्रति मुस्लिम महिलाहरूको आकर्षण बढ्ने उनले बताइन् । मधेश प्रदेशमा मुस्लिम समुदायको १२ प्रतिशत जनसंख्या छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङको एक्सन : झापामा डीएसपीको मोबाइल खोसियो, सीडीओसमेत अनुसन्धानको दायरामा !
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ