परिवर्तनको अनुभुती दिलाउने गरी काम गर्न मन्त्री पोखरेलको निर्देशन

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०७५, १९ : ४६
परिवर्तनको अनुभुती दिलाउने गरी काम गर्न मन्त्री पोखरेलको निर्देशन

७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव र बिभागिय प्रमुखहरुका लागि कार्याशाला

काठमाण्डौं । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदैं मन्त्री पोखरेलले भन्नुभयो, "अब पुरानैं शैंलीमा काम गरेर हुन्न, जनताप्रती उत्तरदायी भएर नतिजा आउनेगरी काम गर्नुपर्छ ।"

७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव, शिक्षा विकास निर्देशक, शिक्षा तालिम केन्द्र प्रमुख र मन्त्रालयका सबैं बिभागिय प्रमुखहरुका लागि आयोजित अभिमुखीकरण कार्याशाला गोष्ठीमा मन्त्री पोखरेलले सामुदायिक  विद्यालयहरुलाई रुपान्तरणको प्रक्रियामा लैंजाने निर्णय भएको जानकारी गराउँदैं अब बिद्यालय सुधारका कार्यक्रम ल्याउन निर्देशन पनि दिनुभयो ।

प्राविधिक शिक्षा र जिवन उपयोगी शिक्षा अनिवार्य आवश्यक भएको उल्लेख गर्दै मन्त्री पोखरेलले ज्ञान र सिपमा आधारित शिक्षा प्रदान गर्नेगरी शिक्षाको  पुर्नसंरचना आवश्यक भएको बताउनुभयो । शिक्षामा बिज्ञान र प्रविधि अनिवार्य जोड्नुपर्ने बताउँदैं मन्त्री पोखरेले विज्ञान र प्रविधिलाई बुझेर विकास गर्नुपर्ने बताउनुभयो ।

हामी शिक्षाको आमुल परिवर्तनको पक्षमा छौं, सुधारको सुचांक देखिएको छ, नयाँ ढंगबाट शिक्षाको पुर्नसंरचना गर्दा समस्या देखिन सक्छन् । मन्त्री पोखरेलले भन्नुभयो 'तपाईहरु नेतृत्वमा हुनुहुन्छ नेतृत्वले समस्याको समाधान पनि खोज्नुपर्छ ।'

राष्ट्रले मागेको भन्दा आफु अनुकुल निर्णय गर्ने परम्पराको  अन्त्य गर्नुपर्ने बताउँदैं मन्त्री पोखरेलल नतिजामा आधरित भएर सबैंको कामको मुल्याङ्न हुने बताउनुभयो ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आजबाट आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकार मातहत सञ्चालन हुने शिक्षा सम्बद्ध कार्यक्रमहरु कार्यान्वयन सम्बन्धमा अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा मन्त्रालयका सहसचिव एवम् योजना महाशाखा प्रमुख बैंकुण्ठ प्रसाद अर्यालले आ.व. २०७५/०७६ को शिक्षा तथा विज्ञान प्रविधि सम्बन्धी बजेट तथा कार्यक्रमको प्रस्तुती गर्नुभएको थियो ।
प्रदेश तहमा शैक्षिक कार्यक्रम कार्यान्वयनसँग सम्बन्धीत समस्याहरुको पहिचान गरी समाधानका उपायहरु पहिल्याउने   उद्देश्यले कार्यक्रम आयोजना गरिएको महाशाखा प्रमुख अर्यालले बताउनुभयो ।
संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यका उपयुक्त विधि पहिचान गर्न, शैक्षिक कार्यक्रमको प्रगति प्रतिवेदन मोडालिटी र कार्यान्वयन विधि पहिचान गरी कार्यान्वयन गर्न गोष्ठीले सहयोग गर्ने अर्यालले बताउनुभयो । गोष्ठी भोलिसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस