काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काम गर्न नदिएको भन्दै आपत्ति जनाएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद कान्तिका सेजुवालले कि स्थानीय सरकार सञ्चालन ऐन खारेज गर्न कि काम गर्न दिन माग गरिन् । उनले बालेनलाई सरकारले काम गर्न नदिएको आरोप लगाईन् ।
‘कि स्थानीय सरकार सञ्चालन ऐनले जुन परिकल्पना गरेको छ । त्यो खारेज गरौं ।हैन भने बालेनलाई काम गर्न किन नदिने ?’ उनले भनिन् । ‘न्यूरोडदेखि इन्द्रचोक, वसन्तपुर र ठमेलमा किन गाडी गुड्ने सहर चाहियो । किन रिङरोड चाहियो ? । फुटपाथ बनाउन किन सरकारले अवरोध गरेको’ ।
यता अर्का सांसद अर्जुननरसिंह केसीले पनि बालेन र सरकारबीच द्धन्द्ध सिर्जना भएको बताएका छन् । केसीले प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै भने, ‘हालै संघीय सरकार र काठमाडौं महानगरबीच देखिएको द्वन्द्व र भत्काउने बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ, तत्काल समन्वय होस्।’
संघीय सरकार पक्ष युद्धउद्धत, अहंकार र झगडिया मानसिकता बोक्न नहुने उनले बताए। ‘समन्वय गर्नुपर्ने दायित्व छ, तत्काल पूरा गरोस्,’ उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ जेठ २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै