काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको सम्पति विदेश लैजान नदिने कार्यक्रम बजेटमा आउन नसकेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले भने, ‘देशका ठूला ठूला धनाढ्यहरु र राजयका उच्च पदस्थ अधिकारीबाट विदेशको ग्रिनकार्ड लिने, विदेशको नागरिकता लिने र नेपालको खबौं रकम अवैध ढंगले विदेश पुर्याउने काम भइरहेको छ । यसलाई रोक्ने गरी बजेट आउनुपर्ने थियो । यसमा नजरअन्दाज भएको छ ।’
विदेशी नागरिकता लिएका नागरिकको सम्पति नेपाल सरकारको नाममा आउनुपर्नेमा त्यसो हुन नसकिरहेको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘विदेशी नागरिकता लिइसकेका नागरिकको सम्पत्ति नेपाल सरकारको नाममा कति आयो ?’
नेपालको सम्पत्ति विदेश लैजाने काम भइरहेको दोहोर्याउँदै उनले यसलाई रोक्ने गरी बजेट नआएता पनि सरकारको कुनै योजना छ कि भनेर गरे । साथै, समानताको अनुभूति हुने गरी बजेट आउन नसकेको उनको टिप्पणी छ । सीमा क्षेत्रको रक्षा गर्ने जनताको पक्षमा बजेट बोलिनुपर्नेमा नबोलिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ जेठ २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह