हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।
११ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ९ जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कायालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।
अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर नालीमा कोल्टो परेको थियो । बस नालीमा कोल्टो पर्दा यात्रु घाइते भएका हुन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु