हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् ।
११ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ९ जना घाइतेलाई थप उपचारका निम्ति चितवनतर्फ लगिएको जिल्ला प्रहरी कायालय हेटौंडाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताए ।
अगाडिको पट्टा भाँच्चिँदा बस अनियन्त्रित भएर नालीमा कोल्टो परेको थियो । बस नालीमा कोल्टो पर्दा यात्रु घाइते भएका हुन् । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत