बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, ११ : ३१
बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–३ घर भएका नवराज बस्नेत छन्।

काठमाडौँको गोठाटार बस्ने ४१ वर्षीय बस्नेतलाई पक्राउ गरेर चितवन पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।उनीविरुद्ध चितवन जिल्ला अदालतबाट ३० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस