काठमाडौँ । भारतका अन्तर्राष्ट्रिय टेनिस खेलाडी माधविन कामत पक्राउ परेका छन् । उनलाई यौन उत्पीडनको आरोपमा भारतको साइबर क्राइम प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।
माधविनलाई अहमदाबादबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । २१ वर्षीया युवतीले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएपछि उनी पक्राउ परेका हुन् ।
समाचारमा जनाइए अनुसार, माधविनले यौनकर्मी भएको उल्लेख गर्दै ती युवतीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । माधविनले आफ्नो पोष्टमा ती युवतीको टेलिफोन नम्बर पनि राखेका थिए ।
ती युवतीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले उनलाई टेलिफोन गरेका थिए । सहरको विभिन्न स्थानमा आफ्नो तस्बिरसहित पोष्टरसमेत टाँसिएको आरोप पनि ती युवतीले लगाएकी छन् ।
ती युवती उजुरी लिएर प्रहरी समक्ष पुगेपछि यसको अनुशन्धान सुरु भएको थियो । अनुशन्धानका क्रममा प्रहरीले यो घटनामा टेनिस खेलाडी माधविनको संलग्नता रहेको पत्ता लगाएको थियो ।
त्यतिबेला माधविन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न फ्रान्स पुगेका थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेपछि माधविनले आफूलाई धरौटीमा रिहा गर्न अदालत समक्ष निवेदन दिएका थिए ।तर, अदालतले उनको निवेदन अस्वीवकार गरेको छ । माधविन र ती युवतीबिच पहिलेदेखि नै चिनजान रहेको पनि प्रहरी अनुशन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ