बझाङ । आफ्नै ठुलीआमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातली रहेका छन् ।
७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले हरजितलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ