काठमाडौँ । आइसिसी टी-२० विश्वकप अघिको वार्मअप खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई पराजित गरेको छ।
मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो।
नेदरल्यान्ड्सले दिएको १८२ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो। नेदरल्यान्ड्स नेपालसँगै एकै समूहमा रहेको छ। नेपालले ४ जुन अर्थात् जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको शुआत गर्नेछ भने ८ जुनमा श्रीलङ्कासँग खेल्नेछ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ जेठ २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै