चेकको रङ्गिन फोटोकपी दिएर ठगेको आरोपमा पक्राउ

सफल खबर संवाददाता

बुधबार, १६ जेठ २०८१, १० : ५२
चेकको रङ्गिन फोटोकपी दिएर ठगेको आरोपमा पक्राउ

काठमाडौँ । चेकको रङ्गिन फोटोकपी गरेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–१० बस्ने ४८ वर्षीय अनुप कुमार सिंह छन् ।रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भएका २८ वर्षका अनिल पुन मगरलाई आरोपीले रङ्गिन फोटोकपी गरेको चेक दिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले  बताए । 

प्रतिक्रिया दिनुहोस