काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार मुकदर्शक बनेपछि कांग्रेसले जनताको समस्या सडक र सदनमा उठाएको बताए ।नेता कोइरालाले छिटोभन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन् ।
नेता कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने बताए बताउँदै भने, ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनिकन अगाडि बढ्न खोजेको छ ।’
उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ जेठ २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाद्वारा आफूनिकट जिल्ला सभापतिसँग छलफल
डा. शेखर कोइरालाले बोलाए आफू निकटका सांसदहरूको बैठक
गृहमन्त्रीले राजीनामा दिनुपर्छ, नैतिकता देखिन्छ : डा. शेखर कोइराला
‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’ हुनेछः शेखर कोइराला
०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य हुँदैन : डा. शेखर कोइराला
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला