भोजपुर । टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६३ वर्षीय राज कुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणी प्रसाद राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा मणी प्रसादले बन्दुक प्रहार गर्दा राज कुमारको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।
त्यस्तै पर्सा, सखुवा प्रसौनी गाउँपालिका-४ प्रसौनी टोल बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय सुवाष हजरा दुसादलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भैंसी चराउने क्रममा वादविवाद हुँदा सुवाषले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ललाई हजराको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति कार्यालयमा तोडफोड र लुटपाट गर्ने तीन जना पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गरेको आरोपमा तीन जना पक्राउ
नख्खु कारागारबाट फरार भएका लामा काठमाडौँको गुजेश्वरि मन्दिरबाट पक्राउ
प्रहरी वृत्त महाराजगञ्जका जवान थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ