काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ मागेको छ ।
बालुवाटारमा बसेको सत्तापक्ष र काँग्रेसको शीर्ष नेताहरुबीचको छलफलमा दुवै विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढङ्गले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौँ भनेर कुरा उठाएका छौँ । उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर जुन कुरा गर्नुभएको छ । काँग्रेसलाई लाञ्छना लगाउने काम गरेको विषयमा ध्यानाकर्षण गराएका छौँ। यसको जवाफ पनि चाहन्छौँ भनेर ध्यानाकर्षण गराएका छौँ। दुवै विषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति