काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल थालेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु भएको स्रोतले बताएको छ ।
टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर नेपालमा तीव्र आलोचना भइरहेको छ । अमेरिकाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
नेपाल क्रिकेट संघले आवश्यक कागजातहरूसहित राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो । परिषद्ले त्यसको अध्ययन गरेर खेलकुद मन्त्रालयमा र खेलकुद मन्त्रालयले परराष्ट्रमा पत्राचार गरेका थिए ।
खेलकुद मन्त्रालयको पत्रका आधारमा परराष्ट्रले दूतावाससँग समन्वय गरिरहेको स्रोतले बताएको छ । आजका ठोस प्रगति हुनसक्ने दाबी पनि गरिएका छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’