काठमाडौँ । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती समपन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो ।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो । यस अघि अमेरिकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी-२० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।
लगातार दुई जितपछि अमेरिकाले बंगलादेशविरुद्धको सिरिज एक खेल अघि नै २-० ले जितेको छ । अब तेस्रो खेल शनिबार हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने
टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल
टी-२० सिरिज : नेदरल्यान्ड्ससँग भिडदै नेपाल
नेपाल कुवेतसँग ३ रनले पराजित
चार देशीय टी-२० सिरिज: उपाधिका लागि नेपाल आज कुवेतसँग भिड्दै
हङकङविरूद्ध पहिला फिल्डिङ गर्दै नेपाल