साढे २५ अर्बको रासायनिक मल आयात

पत्रपत्रिकाबाट

विहीबार, १० जेठ २०८१, ०८ : १०
साढे २५ अर्बको रासायनिक मल आयात

काठमाडौ । चालुु आर्थिक वर्षको १० महिनामा मुुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि वैशाख महिनासम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको थियो । गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो ।

यो गत वर्षको १० महिनाको तुलनामा छ अर्ब ३१ करोड रुपियाँको मल आयात भएको छ । नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।

नेपालमा आयात हुने रासायनिक मललगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियमलगायतका मल आएका छन् ।गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस