काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका भुटानका कृषि तथा पशुपंक्षीमन्त्री ल्योन्पो योन्टेन फिन्टक्शोले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको असर एवं द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरबाट नेपाल–भुटान दुवै प्रभावित भएको उल्लेख गर्दै हिमाली देशलाई परेको असरका सम्बन्धमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’का विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूबीच हुने विचारविमर्शले दुवै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
भुटानका मन्त्री ल्योन्पोले पर्वतीय देशका मुद्दाहरूमा नेपालले लिएको नेतृत्वदायी भूमिका सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता मुद्दालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले भुटान र नेपाल दुवै देशलाई फाइदा पुग्नेगरी नेपालले लिएको नेतृत्वदायी प्रशंसा गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना