काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सभामुख देवराज घिमिरे सभामुखको रूपमा नभई पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रूपमा भूमिका निर्वाह नगरेको बताएका हुन् ।
उनले भने, ‘ आज हामीले सभामुख देखेनौँ । कुर्सीमा बसेको मान्छे देख्यौँ । तर कुन पार्टीको कार्यकर्ता देख्यौँ ।’ उनले सभामुखलाई सभामुखको रूपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रूपमा कुर्सीमा देखेको टिप्पणी गरे । उनले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्न समेत गरे । ‘एउटा पार्टीको कार्यकर्ता त्यहाँ बसेको देख्यौँ । सभामुखज्यूलाई भन्छु तपाई सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो रु यो प्रश्न चिन्ह खडा भएको छ ।’
उनले बैठकमा प्रमुख प्रतिपक्ष दललगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन सुनिताको माग
प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएकाहरु नफर्केको पुष्टि भइसक्यो : ज्ञानेन्द्र शाही
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्यो : ज्ञानेन्द्र शाही