काठमाडौं । नेपाली कांग्रेसले फेरि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएलगत्तै कांग्रेसले संसदीय दलको बैठक डाकेको हो ।
बैठक साढे १ बजेबाट संघीय संसद भवनको ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ । बैठकले प्रधानमन्त्रीको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्ने बताइएको छ ।
यसअघि बिहान बसेको संसदीय दल बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको बटमलाइन दोहोर्याएको थियो । संसदीय दलको बैठकलगत्तै प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?