काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मालपोत प्रमुखसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध गैरकानूनी रूपमा व्यक्ति विशेषलाई लाभ पुर्याइ राज्यलाई हानी पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं ९०८ को क्षेत्रफल १५ बिगाह सार्वजनिक जग्गा २०६८ सालमा व्यक्तिको नाममा पुर्याएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो। उक्त जग्गा फिल्डबुकमा जङ्गल जनिइसकेर सरकारी सार्वजनिक प्रकृतिको जग्गा भए पनि गैरकानुनी रूपमा कित्ताकाट गरी व्यक्तिको नाममा नामसारी भएको थियो।
आयोगले नापी सर्वेक्षक दशरथ मण्डल, जग्गा धनी पुर्जा लिने बिन्द्रा रावल, कमलबहादुर रावल, सुशील रावल र विमलबहादुर रावललाई पनि विपक्षी बनाएको छ। उनीहरूबाट जनही २४ करोड ६ लाख ६९ हजार बिगो दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमहानिर्देशक गौतमलाई भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश
तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वीरगञ्जका मेयर सिंह र तत्कालीन प्रशासकीय अधिकृतसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
मालपोत अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर