काठमाडौँ । अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन् । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको छ । वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिसहरू बेपत्ता भएको बीबीसीले जनाएको छ ।
बाढीका कारण हजारौँ जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको जनाइएको छ । गत हप्तामात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो ।
अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसङ्ख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन् । अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना रहेको भन्दै सजग गराएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ जेठ २०८१, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने