काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नीति र कार्यक्रमलाई बजेटबाट समेट्ने बताएका हुन् ।
यतिबेला बजेट बनाउनु अघि काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा छलफल भइरहेको पुनको भनाई छ । त्यसक्रममा आएका सुझाव आफैँ र अर्थ सचिवले समेत टिपोट गरेकाले देशको पछिल्लो परिस्थिति अनुसार बजेट आउने अर्थमन्त्रीको भनाई छ ।
‘एक थरी साथी निकासीलाई प्रोत्साहन गर्न हुँदैन भन्छ । अर्को थरी साथी निकासी प्रोत्साहन गर्न पर्छ भन्छ,’ अर्थमन्त्रीले भने, ‘यस्तै कतै निजी क्षेत्रले सरकारले खर्च बढाएन भन्छ । कुनै मञ्चमा सरकार बजेटको आकार नबढाउन सुझाव दिन्छ । यसमा एकमत भएन ।’
यद्यपि यी विषयमा सन्तुलन मिलाउने जिम्मेवारी सरकारको भएको अर्थमन्त्रीले बताए । यस्तै बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको उनले बताए । सरकारले निरन्तर भुक्तानी गरिरहेको बताउँदै उनले भने, ‘सृजना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको छ । अबको बाँकी समयमा भुक्तानीलाई तीव्रता दिने तयारी सरकारकाे छ ।’
दायित्व सृजना भएपछि सरकार पछि नहट्ने आश्वासन मन्त्री पुनले दिए । राज्यले सुरु गरेको आयोजनालाई निरन्तरता दिने र सृजना भएको भुक्तानीबाट पछि नहट्ने पुनको भनाई छ । यसबाहेक कृषि क्षेत्रलाई व्यावसायिक बनाउने, भैरहवा विमानस्थल र पोखरा विमानस्थल चलाउन करमा सकारात्मक निर्णय हुनसक्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता