काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक रहेको कांग्रेस नेताहरूले बताएका छन् । छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले आफ्नो पूर्ववत अडान राखेको र प्रधानमन्त्री त्यसमा सकारात्मक भएको बताए ।
‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनुभएको छ’, लेखकले भने । संसद् खुलाउने नखुलाउने भन्ने सरकार र सत्तापक्षमा भरपर्ने कांग्रेस नेताहरूको भनाइ छ ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई सकारात्मक रहेको
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन
महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने
कांग्रेस विवाद मिलाउन यी नेताले गदैछन् वार्ता