काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताहरु सहभागी रहेका छन् ।
प्रधानमन्त्रीले संसद्को गतिरोध अन्त्यका लागि कांग्रेससँग छलफल शुरु गरेका हुन् । सरकारले कांग्रेसलाई समग्र समस्याग्रस्त सहकारी छानबिन गर्न आयोग गठन गर्ने र दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रस्ताव गरेको बुझिएको छ ।
कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शु्क्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता