प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो : पम्फा भुसाल

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, १२ : ०५
प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो : पम्फा भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसकेको बताएकी छन् ।

काठमाडौंमा आयोजित नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृतिसभामा बोल्दै उनले जनमत पाउनेले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भएको बताइन् ।

‘जनताले जसलाई समर्थन गर्छन्, जसले जनमत पाउँछ, उसले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नुपर्छ । अन्यथा हामी यही राजनीतिक अस्थिरताभित्र एक वर्षमा तीन पटक प्रधानमन्त्रीको विश्वासको मत लिने, त्यही सापेक्षतामा हामी संघीयताको मुख्यमन्त्री फेर्ने अनि यसका निम्ति हुने नहुने जे थियो, त्यो हुने काम हुन्छ’, उपाध्यक्ष भुसालले भनिन्, ‘प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधितिर हामी जानुपर्छ । यसले राजनीतिक स्थिरता कायम हुन्छ । राजनीतिक स्थिरता कायम भयो भने मात्रै विकास निर्माण अघि बढाउन सक्छौं ।’

राजनीतिक झैं अहिले आर्थिक रुपमा पनि नेपालमा चुनौती बनेको भन्दै उनले सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस