काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ ।
आज बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए ।
२८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न लागेको झाले जानकारी दिए । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग नेपाली कांग्रेसले उठाइरहेको छ ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् ।
सहकारीमा देखिएको समग्र संकटमा छानबिन गर्ने गरी समिति बनाउने पक्षमा प्रधानमन्त्री छन् । यस विषयमा पनि रास्वपा बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह, संघीय मामिला र भूमि मन्त्रीलाई कारबाही गर्न रास्वपाको माग
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
निर्वाचन आयोगले पठायो रास्वपालाई पत्र (पत्रसहित)
हस्ताक्षर अभियानमा हस्तक्षेप भयो: रास्वपा
रास्वपाद्वारा रुपन्देही-३ मा उम्मेदवारका लागि आवेदन आह्वान
रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन्- राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ