भरतपुरमा एक्सपर्टको भव्य अष्ट्रेलियन एजुकेशन सेमिनार, एक हजार बढि विद्यार्थी सहभागि

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०७५, १९ : ५८
भरतपुरमा एक्सपर्टको भव्य अष्ट्रेलियन एजुकेशन सेमिनार, एक हजार बढि विद्यार्थी सहभागि

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको आयोजनामा शनिबार भरतपुरमा भव्य रुपमा अष्टे«लियन एजुकेशन सेमिनार सम्पन्न भएको छ ।

भरतपुर गार्डेन रिसोर्टमा भएको एजुकेशन सेमिनारमा विद्यार्थीहरुको विहानैदेखि भिड लागेको थियो । विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको सेमिनारमा एक हजार भन्दा बढी विद्यार्थीहरु सहभागि भएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

वृहत अष्ट्रेलियन एजुकेशन सेमिनारमा सहभागि विद्यार्थीहरुले स्टडी ग्रुप, चाल्र्स स्टर्ट युनिभर्सिटि, टोरेन्स युनिभर्सिटि, भिक्टोरिया युनिभर्सिटि, कपलान विजनेश स्कूल, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजि, साउदन क्रस युनिभर्सिटिलगायत १६ वटा कलेज तथा युनिभर्सिटिहरुका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा त्यहाँको शिक्षा र नेपाली विद्यार्थी जान सक्ने अवस्थको बारेमा जानकारी लिएका थिए ।

यस्तै एजुकेशन सेमिनारमा एक्सपर्ट ग्रुपका सिईओ संजीव शर्मा, होम पौडेल, रुपक बर्तौलालगायत एक्स्पर्टहरुले अष्ट्रेलियाको शिक्षा र नेपाली विद्यार्थीहरुको अवस्थाको बारेमा पनि विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा जानकारी दिएका थिए । सेमिनारमा विद्यार्थीहरुलाई प्रवेश निःशुल्क गरिएको थियो । यस्तै सेमिनारमा सहभागि हुने विद्यार्थीहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको थियो । 

एक्सपर्टद्धारा एसइइमा उत्कृष्ट चार विद्यार्थीलाई नगदसहित सम्मान
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले २०७४ सालको प्रवेशिका परीक्षा (एसइइ) मा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ ।

शनिबार भएको एक्सपर्ट अष्ट्रेलियन एजुकेशन सेमिनारको अवसरमा चार विद्यार्थीहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरी, एक्सपर्ट ग्रुपका सिईओ संजीव शर्मा र एक्सपर्ट चितवनका निर्देशक घननाथ अर्यालले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

सम्मानित हुने विद्यार्थीहरुमा संस्थागत विद्यालय तर्फका पोलास्टर आमावि भरतपुरबाट परीक्षा दिएकी सुष्मा बस्नेत, विद्या मेमोरियल आमावि वीरेन्द्रनगरबाट परीक्षा दिएका प्रसुन कँडेल, सामुदायिक विद्यालय तर्फका जनजागृति मावि पिठुवाबाट परीक्षा दिएका आयश काप्री र नारायणी नमुना मावि भरतपुरबाट परीक्षा दिएकी आकृति सुब्बा रहेकी छिन् । उनीहरुलाई १० हजार रुपैयाँ र ट्रफीले सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले मूख्य प्रायोजन गरेको एक्सपर्ट स्पिकिङ च्याम्पका विजेता चेतमणी सुवेदी, द्धितिय शाधना पौडेल र तृतीय भएकी ज्योति शर्मा नगद र प्रमाण पत्र, प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान प्रदान गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपमेयर पार्वती शाह ठकुरीले एक्सपर्टले गरेको सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने बताइन् । उनले आफ्नो शैक्षिक परामर्श व्यवसायसंगै सामाजिक उत्तरदायित्व अन्तरगत आगामि दिनमा यस्ता कार्यहरु गर्नुपर्नेमा जोड दिइन् ।

एक्सपर्ट ग्रुपका सिईओ संजीव शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम एक्सपर्ट चितवनका निर्देशक घननाथ अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस