काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभई सडक चाहिएको बताएका छन् ।
बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले कर्णालीको नाग्म हुँदै रारा जाने बाटो पिच गर्न माग गरे।
उनले सरकारको कुर्सीमा बसेर बजेट छैन र दिन्न भन्न नमिल्ने बताए । शाहीले भने, ‘अहिले अब बजेट माग्यो भने बजेट छैन भन्छन् । सरकार छोड्नुस् न त हामी चलाउँछौँ । छैन भने सरकार छोड्नुपर्यो नि त । बजेट छैन भनेर हामीलाई गाली गरेर हुन्छ ? कहाँबाट ल्याउनुपर्ने हो, के गर्नुपर्ने हो, सरकारको कुर्सीमा बस्ने अनि बजेट नदिने हुन्छ ?’
सांसद शाहीले सुर्खेतबाट नाग्म हुँदै जुम्ला सदरमुकाम जोडिने बाटो बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
ज्ञानेन्द्र शाहीको आग्रह : 'भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन होस'