काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभई सडक चाहिएको बताएका छन् ।
बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले कर्णालीको नाग्म हुँदै रारा जाने बाटो पिच गर्न माग गरे।
उनले सरकारको कुर्सीमा बसेर बजेट छैन र दिन्न भन्न नमिल्ने बताए । शाहीले भने, ‘अहिले अब बजेट माग्यो भने बजेट छैन भन्छन् । सरकार छोड्नुस् न त हामी चलाउँछौँ । छैन भने सरकार छोड्नुपर्यो नि त । बजेट छैन भनेर हामीलाई गाली गरेर हुन्छ ? कहाँबाट ल्याउनुपर्ने हो, के गर्नुपर्ने हो, सरकारको कुर्सीमा बस्ने अनि बजेट नदिने हुन्छ ?’
सांसद शाहीले सुर्खेतबाट नाग्म हुँदै जुम्ला सदरमुकाम जोडिने बाटो बन्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ बैशाख २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्यो : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
मलाई सिंहदरबारभित्र बन्धक बनाइएको छः ज्ञानेन्द्र शाही
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि ज्ञानेन्द्र शाही आक्रोशित