ठमाडौं। राम्रो कामका लागि विदेश पठाइदिन्छु भनेर ठगी गर्ने गिरोहका सदस्यहरूई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।
न्युजिल्यान्ड, रोमानिया, थाइल्यान्डलगायत मुलुकमा पठाउने नाममा उनीहरूले ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।कार्यालयले पक्राउ परेकाहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ ।यस गिरोहका मुख्य अभियुक्त धादिङका रमेश बयलकोटी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यो गिरोहले ४२२ जनासँग ३ करोडभन्दा बढी ठगी गरेको पाइएको छ ।भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्यान्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ