बझाङ । बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् ।
निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।
प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए ।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ बैशाख २०८१, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किरियापुत्रीले गरे इलामको बर बोटेमा मतदान
सुहाङले महेन्द्र रत्न क्याम्पस केन्द्रमा पुगेर गरे मतदान
भारतमा ज्येष्ठ नागरिक र अपांगता भएकालाई पहिलोपटक घरबाटै मतदान गर्ने अधिकार
भारतमा लोकसभा चुनाव : २१ राज्यमा आज पहिलो चरणको मतदान हुँदै
मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन
लुम्बिनीमा सकियो मतदान, स्थानीय तहका दुई उपाध्यक्ष मात्र अनुपस्थित