इलाम । एमाले उम्मेदवार सुहाङ नेम्बाङले इलाम- २ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन्।
केहीबेर अघि नेम्बाङले मतदानस्थलमा पुगेर मतदान गरेका हुन्। इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएपछि त्यहाँ उप निर्वाचन हुन लागेको हो।
सुहाङ नेम्बाङ सुभासका कान्छा छोरा हुन्। उनलाई माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले पनि समर्थन गरेका छन्।
इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपनिर्वाचन सुरु भएको हो।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ बैशाख २०८१, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा प्रत्यक्षतर्फ तीनवटा चिह्नमा मतदान हुने
राष्ट्रिय सभामा जसले मतदान गर्न पाउँदैनन !
पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो