काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।
आज मन्त्रालयमा ‘वन डढेलो तथा आगलागी : हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफलमा गृहमन्त्री लामिछानेले आगलागी नियन्त्रणका लागि राज्यले गर्नुपर्ने काम नागरिक स्तरबाट भइरहेको भन्दै त्यसको प्रशंसा समेत गरे ।
छलफलमा गृहमन्त्री लामिछानेले व्यक्त गरेको अभिव्यक्तिको सम्पादित अंश :
विपद्को सूचना र सम्भावित विपद्को जानकारी दुवै सरकारसँग पर्याप्त हुनुपर्छ । फेरि सूचना हुनु मात्र पनि महत्त्वपूर्ण होइन । प्राप्त सूचनाका आधारमा हामीले के गर्न सक्यौँ र के तयारी गरिरहेका छौँ त्यो महत्त्वपूर्ण हो । गतवर्षको तुलनामा अहिलेको अवस्था के छ ? गत वर्ष के गर्न सकियो, के गर्न सकिएन ? गत वर्ष भएका कमजोरी के हुन् रु यसवर्ष त्यसलाई सच्याउन क तयारी भइरहेको छ ? महत्त्वपूर्ण कुरा त्यो हो ।
विपद्पछि उद्धार र राहतमा धेरै अलमल हुने गरेको छ । अब पनि त्यो दोहोरिनु हुँदैन । सम्भावित विपद्को अनुमान र आवश्यक सामग्रीहरूको चुस्त व्यवस्थापन भइरहनुपर्छ । त्यसका लागि जिल्लास्थित विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम छ कि छैन ? छैन भने समयमै गृह मन्त्रालयमा जानकारी गराउनु ।
आगलागी होस् या अन्य विपद्, प्रभावितहरूलाई राहतको काममा कुनै ढिलाइ हुनु हुँदैन । ठुलो विपत्ति आइपर्दा हुने समस्या स्वभाविक हो । तर दुई चार सय नागरिक एकै पटक विपद्मा पर्दा खाना समेत खुवाउन नसक्ने अवस्थामा हामी छैनौँ । बेघर भएका नागरिक भोक भोकै हुने अवस्था अनाओस् ।
आगलागी र बन डढेलोका सन्दर्भमा हामीले सम्प्रेषण गरेका सचेतना सामग्री प्रभावकारी भएका छन् कि छैनन् ? यसमा सोचौँ । मलाई लाग्छ विभिन्न माध्यमबाट प्रसारण भइरहने नियमित सामग्रीहरू प्रभावविहीन भइरहेका छन् । जनचेतनाका लागि रकम खर्च गरौँ तर त्यसको प्रभावकारिता पनि जाँच गरौँ ।
१० वर्षमा बस्तीमा लाग्ने डढेलो पाँच गुणाले बढेको छ । यो सचेतना र पर्याप्त श्रोत साधन नहुँदाको परिणाम हो । सचेतनाका लागि स्थानीय स्तरका अगुवाहरूसँग निरन्तर संवाद गर्नुस् । नियन्त्रणका लागि स्रोतसाधन पर्याप्त बनाउने विषयमा मन्त्रालय गम्भीर छ । यसका लागि पालिकाहरूमा अग्नि नियन्त्रण गर्ने उपकरण र जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारहरूसँग पनि आवश्यक समन्वय गर्न सकिन्छ ।
सरकारले २२ तलासम्म भवन निर्माणको अनुमति दिएको छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि ९ तला भन्दामाथि पुग्न सक्ने उपकरण देशभरमै छैन । दशौँ तलामा आगलागी हुँदा के गर्ने भन्ने जवाफ को सँग छ रु हामी यसको जवाफ दिन सक्ने हुनुपर्छ ।
विगतमा आगलागी नियन्त्रणका लागि हेलिकप्टर प्रयोग भएको अभ्यास नेपालमै छ । त्यसैले आगामी दिनमा पनि हेलिकप्टरहरू प्रयोग गर्न सकिने अवस्था हो होइन ? छलफल गर्नु । मिल्ने अवस्था हो र त्यो सहज छ भने हेलिकप्टर प्रयोगका लागि प्राधिकरणले सम्झौताको प्रस्ताव गर्नुपर्छ ।
सबैभन्दा महत्त्वपूर्ण हो विपद्बाट हुने क्षति । त्यसैले सबै निकायले विमालाई अनिवार्य गर्दै लैजानुपर्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद
तीन मन्त्रीको शपथ आज
गौहत्या गर्न पाउनुपर्ने माग राखेर रिट हाल्ने व्यक्ति सुशीलाको कार्कीको प्रस्तावित मन्त्री
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन