ग्लोबल रिचले नारायणगढमा अष्ट्रेलियन एडमिशन डे सञ्चालन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०७५, १३ : ३४
ग्लोबल रिचले नारायणगढमा अष्ट्रेलियन एडमिशन डे सञ्चालन गर्ने

चितवन । ग्लोबल रिचले नारायणगढमा अष्ट्रेलियन एडमिशन डे सञ्चालन गर्ने भएको छ  । एडमिशन डे ग्लोबल रिचको चितवन शाखा शहिदचोक (ग्लोबल आइएमी बैंकको तेस्रो तला) मा शनिवार २ बजेदेखी ५ बजेसम्म हुनेछ । 
एडमिशन डेमा सेन्ट्रल क्यून्सल्याण्ड युनिर्भसिटी, चाल्र्स स्टर्स युनिभर्सिटी, इडिट क्राउन युनिभर्सिटी, नभिटाज गु्रपका प्रतिनिधीका सहभागिता रहने छ ।

‘भिन्नभिन्न एजेन्टकहाँ पुगेर थरीथरीका सूचना लिएर अलमलिनुभन्दा उत्कृष्ट सवै बिश्वबिद्यालयका आधिकारिक प्रतिनिधिलाई एकै ठाउँमा भेटन पाउनु महत्वपूर्ण अवसर भएकाले अष्ट्रेलिया अध्ययनका लागि योजना बनाइरहेका बिद्यार्थीले अष्ट्रेलियन एडमिशन डे छुटाउन नहुने ग्लोबल रिच चितवन शाखा प्रमुख सुरेश पौडेलले बताउनु भयो ।
बिश्वबिद्यालयका मान्छेबाट सही सूचना पाउने हुँदा एडमिशन डेमा सहभागि बिद्यार्थीले कुन बिश्वबिद्यालयमा कस्तो कोर्ष पढ्ने भन्ने तत्कालै निर्णय लिन सक्ने पौडेलको भनाई थियो । 
अष्ट्रेलियामा उच्च शिक्षाका लागि जान चाहने बिद्यार्थीलाई परामर्श सेवा दिँदै आएको ग्लोबल रिचले हरेक बर्ष बिभिन्न कार्यक्रम गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस