काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो।
त्यस्तै सरकारले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय पनि गरेको छ।
यस्तै अर्थ सचिवमा मधुकुमार मरासिनीलाई र अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० बैशाख २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
शासकीय सुधारका लागि १०० कार्य स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
मध्यपूर्वका विमानस्थलमा रहेका नेपालीलाई सोही स्थानमा सुरक्षा सुनिश्चित गर्ने निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय