पाल्पा। पाल्पामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रम्भा गाउँपालिका २ का ४८ वर्षीय अम्बरबहादुर सारू छन् ।उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेका थिए । बालिकाको पेटमा गर्भ बसेपछि घटना बाहिर आएको थियो ।त्यसपछि परिवारले दिएको उजुरीका आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ