पाल्पा। पाल्पामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रम्भा गाउँपालिका २ का ४८ वर्षीय अम्बरबहादुर सारू छन् ।उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेका थिए । बालिकाको पेटमा गर्भ बसेपछि घटना बाहिर आएको थियो ।त्यसपछि परिवारले दिएको उजुरीका आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ