काठमाडौँ । काठमाडौँ महानगरपालिका-३ नारायण गोपाल चोकबाट नियन्त्रित लागु औषधसहित एक जना पक्राउ परेका छन् । दोलखा मेलुङ गाउँपालिका-४ घर भई काठमाडौँ बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बा.२२ प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुल बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेस्तोलसहित एक जना पक्राउ
लागु औषधसहित एक युवक पक्राउ
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
दाङमा जुवातास खेलिरहेका सात जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ